
काठमाडौँ, ३० साउन । कपिलवस्तुमा ७ जना प्रहरीसहित थप २८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्ला तौलिहवास्थित बुद्ध पद्य माविका २ सय २६ जनाको स्वाब संकलन गरिएकोमा २६ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै, कपिलवस्तु अस्पतालका एक जना र शुद्धोधन गाउँपालिकाका १ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अन्य ५० जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।
संक्रमितहरुमा ७ जना नेपाल प्रहरी, बैंक तथा वित्तीय संस्था, स्वास्थ्यकर्मी, गृहणी, यातायात व्यवसायीलगायत रहेका छन् ।
यससँगै जिल्लामा संक्रमितको संख्या ९ सय ३५ जना पुगेको छ ।















प्रतिक्रिया