६ कार्तिक २०८३, शुक्रबार

कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुग्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३० साउन । कोरोनाभाइरस संक्रमणका कारण नेपालमा थप ४ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गत २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९९ पुगेको बताए ।

प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा मोरङ र सिरहाका एक एक जना र बाराका २ जना रहेका छन् ।

त्यस्तै, नेपालमा शुक्रबार थप थप ५ सय ९४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ ।

त्यस्तै, प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा निको भएर थप २४० जना डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या १७ हजार ७७ जना पुगेको हो । देशभर हाल ७ हजार ५ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।