६ कार्तिक २०८३, शुक्रबार

थप ५९४ मा कोरोना पुष्टि, संक्रमितको संख्या साढे २५ हजार, थप २४० डिस्चार्ज

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० साउन । नेपालमा शुक्रबार थप थप ५ सय ९४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गत २४ घण्टामा थप ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको छ ।

त्यस्तै, प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा निको भएर थप २४० जना डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या १७ हजार ७७ जना पुगेको हो । देशभर हाल ७ हजार ५ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।