
काठमाडौँ, ३० साउन । पहिरो पीडितहरुका आवश्यक राहत सामाग्री लिएर गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गएका छन् ।
नेपाली सेनाको एमआई–१७ हेलिकप्टर लिएर उनी राहत सामग्रीसहित लिदी गएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार गृहमन्त्री सिन्धुपाल्चोकको सदरमुकाम चौतारा पुगेर राहत सामग्री हेलिकप्टरमा राखी घटनास्थलतर्फ गएका हुन् । घटनास्थलमा उद्धारका लागि २७ जना सेना खटिएको पनि उनले बताए ।
आज विहान ६ः३० बजे गएको पहिरोमा पुरिएकामध्ये पाँच जनाको शव निकालिएको वडा अध्यक्ष प्रताप लामाले बताएका छन् । पहिरोले ३७ घर पुरिएको छ । पहिरोमा ३८ जना हराइरहेको यकिन भएका मध्ये पाँच जनाको शव निकालिएको छ भने ३३ जना अझै वेपत्ता छन् ।















प्रतिक्रिया