६ कार्तिक २०८३, शुक्रबार

रौतहटमा सञ्चारकर्मीसहित थप २४ जनामा कोरोना पुष्टि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० साउन । रौतहटमा शुक्रबार थप २४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

हेटौँडा अस्पतालमा गरिएको परीक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जनस्वास्थ्यका अनुसार एकजना सञ्चारकर्मीसहित गौर नगरपालिकामा १७ जनामा थप पोजेटिभ देखा परेको हो ।

त्यसैगरी परोहा नपाका ४ जना, भारत मोतिहारी घरभई काठमाडौ बस्ने एकजना पुरुष र चन्द्रपुर १ गढिमाई नपाका १ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमितमध्ये एक १० वर्षीय बालक, २ जना १८ वर्षीय किशोर र ७ जना महिला समेत रहेका छन् ।