६ कार्तिक २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकको फड्को, नेपालमै पहिलोपटक वी च्याट वालेटबाट भक्तानी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ ।

नयाँ प्रविधिहरू भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकलाई लक्षित गर्दै वी च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।

सम्झौता पश्चात नेपाल आउने पर्यटकले माछापुच्छ्रे बैंक लि.संग आबद्ध मर्चेन्टहरूबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वी च्याट वालेटबाट भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।