६ कार्तिक २०८३, शुक्रबार

कामना बैंक र चार्टड एकाउन्टेन्ट संघबीच प्रोफेशनल कर्जाका लागि सम्झौता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ३० साउन । कामना सेवा विकास बैंक लि. र नेपाल चार्टड एकाउन्टेन्ट संघ. (ए क्यान) बीच ए क्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितामो प्रोफेश्नल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

द्विपक्षीय समझदारी पत्र अनुसार ए क्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको सबै शाखाबाट एकै दिनमा बिना धितोमा रु १५ लाख सम्मको प्रोफेश्नल कर्र्जा प्रदान गरिनेछ ।

यो सम्झौतापछि धितो नभएर आफ्ना व्यक्तिगत आवश्यकताहरू पूरा गर्नको लागि बैंकिङ सुविधा (कर्जा) लिनबाट बञ्चित व्यक्तिहरुलाई कर्जा लिन सहज हुने कुरामा आफू विश्स्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले जानकारी दिए ।

ए क्यानमा आवद्ध सदस्यका श्रीमतीद्वारा सञ्चालित व्यापार व्यवासयलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी गराए ।

यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बस्नेत र नेपाल चार्टड एकाउन्टेन्ट संघ. तर्फबाट अध्यक्ष आन्नद राज शर्मा वाग्लेले कामना सेवा विकास बैंकको केन्द्रिय कार्यलयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।