६ कार्तिक २०८३, शुक्रबार

कपिलवस्तुको जिल्ला अस्पतालका मेसुसहित थप १८ जना स्वास्थ्यकर्मीमा कोरोना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ साउन । कपिलवस्तुको तौलिहवास्थित जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिन्टेन्डेन्टसहित ३ चिकित्सकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

साउन २६ गते अस्पतालका ९१ जनाको स्वाब संकलन गरी जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको हो ।

ओपीडी, ल्याब र इमर्जेन्सी फाँटका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । त्यस्तै, काउन्टर र प्रशासन फाँटका कर्मचारी पनि संक्रमित पाइएका छन् । अस्पतालका चमेना गृह सञ्चालक पनि संक्रमित भएका छन् । १३ जनाको अझै रिपोर्ट आउन बाँकी छ ।

साउन २५ गते अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पताल सिल गरिएको थियो । हालसम्म जिल्लामा ९ सय १ जना संक्रमितमध्ये १ जनाको कोरोनाले मृत्यु भइसकेको छ । सक्रिय केस १ सय ३८ जनाको रहेको छ ।