
काठमाडौँ, २९ साउन । सिरहाका एक जना कोरोना संक्रमितको कोशी अस्पतालमा मृत्यु भएको छ ।
कोशी अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका १ का ४० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।
उनलाई वु्धबार राती २ बजे टाइफाइड, ज्वरो, खोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएर अस्पताल भर्ना गरिएको थियो । उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनको परीक्षणको रिपोर्ट मृत्युपछि आएको अस्पतालले जनाएको छ ।















प्रतिक्रिया