
काठमाडौँ, २९ साउन । रौतहटमा प्रहरी र स्थानीयबीच झडप हुँदा ४ जना प्रहरी घाइते भएका छन् ।
बिहीबार दिउँसो राजपुर नगरपालिका ६ स्थित कुडियामा भारतबाट अवैध भैँसी ल्याइरहेको भन्ने सूचनाका आधारमा प्रहरी खटिएका थिए ।
जिल्ला तथा स्थानीय प्रहरीको टोलीमाथि करिब ५ सयको संख्याका स्थानीयले ढुंगामुढा गर्न थालेपछि प्रहरीले १४ राउण्ड हवाई फायर गरेको थियो ।
प्रहरीका अनुसार ड्युटीमा खटिएका प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि १४ राउण्ड हवाई फायर र भीडलाई तितरबितर पार्न ८ राउण्ड अश्रु ग्यास प्रहार भएको थियो ।
घटनामा कुनै अवैध भैँसी फेला नपरेको र कोही पनि पक्राउ नपरेका प्रहरीले जनाएको छ ।















प्रतिक्रिया