६ कार्तिक २०८३, शुक्रबार

३९ जनामा कोरोना देखिएपछि काठमाडौँ महानगरपालिका १४ मा सेवा बन्द

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ साउन । वडाभित्र ३९ जना कोरोना सक्रमित फेला परेपछि काठमाडौँ महानगरपालिका वडा नम्बर १४ मा अत्यावश्यकबाहेक सबै सेवा १५ दिनका लागि बन्द गरिएको छ ।

वडाध्यक्ष शोभा सापकोटका अनुसार कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिँदै गएका कारण यसको जोखिम न्यूनिकरणका लागि अत्यावश्यकबाहेक अन्स सबै सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको हो ।

उनका अनुसार फलफूल तथा तरकारी व्यवसायीहरुले बिहान ५ बजेदेखि ९ बजेसम्म दैनिक चार घण्टा मात्र पसल खोल्न पाउने छन् । औषधि लगायत खाद्यान्न खुद्रा व्यवसायहरुको हकमा भने सामाजिक दुरी कायम गरी व्यवसाय सञ्चालन गर्न पाउने वडाध्यक्ष सापकोटाले बताइन् ।

वडाध्यक्ष सापकोटाले भनिन्, ‘वडामा अहिलेसम्म ३९ जना संक्रमित भेटिएका छन् । जसले गर्दा समुदाय स्तरमा संक्रमणको थप जोखिम बढेपछि वडालाई नै सिल गरेका छौं । सावधानीका लागि हामीले वडावासीलाई अनावश्यक रुपमा घरबाहिर ननिस्कन, पाहुन भएर नजान र पाहुनलाई नबोलाउन, घरमै बसेर चाडपर्व मनाउन आग्रह पनि गरेका छौं ।’

वडा कार्यालय रहेको भवनमा बस्ने मानिसमा समेत कोरोना संक्रमण पुष्टि भएको छ,’ उनले भनिन्, ‘सेवाग्राहीहरु काम विशेषले वडा कार्यालय आउँदा संक्रमणको जोखिम हुने देखिएकाले वडा कार्यालयमा ताला नै लगाएर अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका हौं । ‘

काठमाडौंको अन्य वडाको तुलनामा सबै भन्दा बढी कोरोना संक्रमित फेला परेका कारण ठेलागाडा लगायत फुटपाथ व्यवसाय सञ्चालनमा समेत पूर्ण रुपमा रोक लगाइएको उनले बताइन् ।