
काठमाडौँ, २९ साउन । बाँकेमा थप २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ९ महिला र १३ पुरुष गरी २२ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु नेपालगन्ज उपमहानगरपालिकाका १५ र कोहलपुर नगरपालिकाका ७ जना रहेका छन् ।
यसैबीच भेरीमै गरिएको परीक्षणमा बर्दिया, बाँसगढीका २ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ ।















प्रतिक्रिया