६ कार्तिक २०८३, शुक्रबार

स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना देखिएपछि धुलिखेल अस्पतालमा सेवा बन्द

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ साउन । काभ्रेको धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पतालमा इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरिएको छ ।

बिहीबार अस्पतालमा कार्यरत एक जना नर्समा संक्रमण देखिएपछि सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

संक्रमित नर्स सबै विभागमा काम गर्ने भएकाले उनीसँग सम्पर्कमा आउने अन्य स्वास्थ्यकर्मी र कर्मचारीलाई क्वारेन्टिनमा राख्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी, धुलिखेल अस्पताल बाहिर एक होटल व्यवसायीमा समेत संक्रमण पुष्टि भएपछि अस्पतालका आसपासका होटल बन्द गरिएका छन् ।

अस्पतालका अनुसार बिहीबार संघीय प्रहरी इकाई जनागलाका ६ प्रहरी, धुलिखेल अस्पतालका एक स्वास्थ्यकर्मी, अस्पताल बाहिरका होटल व्यवासायी तथा धुलिखेल नगरपालिका ७ का एक जनासहित ९ जनामा कोरोना पुष्टि भएको छ ।