
काठमाडौँ, २८ साउन । कपिलवस्तुमा वुधबार थप १८ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै जिल्लामा संक्रमितको संख्या ९ सय नाघेको छ ।
थपिएका संक्रमित १८ जना सबै कपिलवस्तु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । अस्पताल प्रशासन अनुसार ९ जना स्वास्थ्यकर्मी, र ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालको प्रशासन, काउन्टर र चेमनागृहमा कार्यरत कर्मचारी संक्रमित भएका छन् । यससँगै कपिलवस्तु अस्पतालमा संक्रमितको संख्या २४ जना पुगेका छ । साउन २६ गते संकलन गरिएको ८५ जनाको स्वाबमध्ये १८ जनामा संक्रमण देखिएको जनाइएको छ ।
त्यस्तै, बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका दुई जनाको मृत्यु भएको छ । त्यसमध्ये तौलिहवाको जमुहार टोलका चामल व्यापारी ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अर्का पुरुषको भने रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।















प्रतिक्रिया