६ कार्तिक २०८३, शुक्रबार

धादिङको सदरमुकाम क्षेत्रमा भदौ ३ गतेसम्म निषेधाज्ञा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ साउन । धादिङको सदरमुकाम क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमितको मृत्यु भएपछि सो क्षेत्रमा जिल्ला प्रशासनले वुधबार राति १२ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको संकट व्यवस्थापन समिति बैठकले भदौ ३ गतेसम्म निषेधाज्ञा जारी राख्ने भएको हो ।

बैठकले निलकण्ठ नगरपालिकाको बजार क्षेत्रमा मात्रै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको बजार क्षेत्रका वडा नम्बर २, ३, ४, ७, ८, ९, १२ र १४ मा निषेधाज्ञा जारी गरेको जनाइएको छ ।

समुदायमा कोरोना संक्रमण नफैलियोस् भन्नका लागि निषेधाज्ञा जारी गरिएको बताइएको छ ।