
काठमाडौँ, २८ साउन । काठमाडौँ उपत्यकामा वुधबार थप १४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा थपिएका संक्रमितमध्ये यो हालसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १ सय ११ जना, ललितपुरमा २१ जना र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै उपत्यकामा संक्रमितको संख्या १ हजार ४ सय ५४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर वुधबार थप ४ सय ८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।















प्रतिक्रिया