६ कार्तिक २०८३, शुक्रबार

सुर्खेतमा १८ सहित कर्णालीमा थपिए २३ जना कोरोना संक्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ साउन । कर्णाली प्रदेशमा थप २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा २३ संक्रमित थपिएका हुन् ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा गरिएको परीक्षणमा थप संक्रमित भेटिएका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितहरु सुर्खेतका ११ महिलासहित १८ जना, दैलेखका ४ जना र सल्यानका एक जना रहेका छन् ।

यससँगै प्रदेशमा संक्रमितको संख्या २ हजार ३४ जना पुगेको छ । त्यस्तै, वुधबार थप ३ जना डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या १ हजार ८ सय ९४ जना पुगेको छ । कर्णाली प्रदेशमा हालसम्म ६ जना संक्रमितको मृत्यु भइसकेको छ ।