वेलाशपुर, २८ साउन । आफ्नी छोरीमाथि निर्घात कुटपिट गर्नेलाई कारवाही गर्न पीडितका अभिभावकले माग गरेका छन् ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन–३ बेलाशपुरका अस्तर अन्सारीले आफ्नी छोरी रहिना खातुनमाथि निर्घात कुटपिट भएको भन्दै न्यायको माग गरेका हुन् ।
वेलाशपुर मदरसाका अध्यक्ष तवरेज आलमले साउन २४ गते मदरसामै बोलाएर छोरी रहिनालाई कुटपिट गरेको उनले बताए ।
सोही ठाउँमा कम्पाईन मेशिन चलाउने पञ्जावका सन्जुु शेखसँग प्रेम सम्बन्ध रहेका कारण रहिना सन्जुसँग भागेर गएपछि जातको ईज्जत फालेको भन्दै तवरेजले आफ्नी छोरीलाई अनाहकमा कुटपिट गरी महिला हिंसा गरेको रहिनाका पिता अस्तरले बताए ।
कुटपिटबाट गम्भीर घाईते रहिनाको अहिले पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ । पीडित रहिनाका पिता अस्तरले छोरी मनखुशीले भागेको र आफूहरुले पनि स्वीकार गरिसकेको अवस्थामा सरोकार नै नभएका व्यक्तिले महिलामाथि कुटपिट गरी अपराध गरेकोले कारवाही हुनुपर्ने बताए । आफूले जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारवाहीका लागि जाहेरी दिएको उनले बताए ।
तवरेजले आफूलाई झुक्काएर प्रहरीमा मिलापत्र गराएको उनले गुनासो थियो । एक आपसमा सामान्य झगडा भएको भन्दै तवरेजले धम्काएर दश हजारमा मिलापत्र गराएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषिमाथि कारवाही गरिने बताएका छन् ।















प्रतिक्रिया