
काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले अब नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय सेनाको फौज हटाउन जोड दिनु पर्ने बताएका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकले दिएको गौतमबुद्धसम्बन्धीको अभिव्यक्ति भारत सरकारले सच्याइसकेको भन्दै नेता रावलले अब नेपाल र नेपाली कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतीय सेना हटाउने प्रयत्नमा लाग्नु पर्ने बताएका हुन् ।
मंगलबार एक ट्विट गर्दै रावलले लेखेका छन्, ‘गौतम बुद्ध नेपालमा जन्मनु भएको तथ्यविपरीत भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्याएको छ । अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने र प्रबुध्द व्यक्ति समूहको प्रतिवेदन अगाडि बढाउनु पर्ने कुरामा जोड दिनु पर्छ ।’















प्रतिक्रिया