३० आश्विन २०८३, शुक्रबार

रौतहटमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २७ साउन । रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको हो ।

साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएकोमा १ जना महिलासहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

तिन दिनयता रौतहटमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।