
काठमाडौं, २७ साउन । दाङका कृष्णबहादुर बोहोराको हत्या अभियोगमा पक्राउ परेकी कल्पना मुडभरी पौडेलले हत्यापछि शव व्यवस्थापन गर्न आफैंले टाउको र खुट्टा छिनाले बयान दिएकी छिन् ।
नक्कली फेसबुक एकान्ट बनाएर नांगो तस्वीर हाल्ने र उसको अनुकुलले यौन शोषण हुन थालेपछि हत्या गरेको स्वीकार गरेकी कल्पनाले उनले दिएको दुःख सम्झदै टाउको र खुट्टा गिडेको बताएकी छिन् ।
हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्वीर फेसबुकमा हाल्नु भएको प्रहरीको अनुमान छ ।
केही दिनअघि कल्पनाले कृष्णबहादुरलाई खाना खान बोलाएर रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हम्मरले हानेर हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया