३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य घट्दो क्रममा, चाँदीको मूल्यले फेरि बनायो रेकर्ड

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ घटेको छ ।

सुनको मूल्य मंगलबार तोलाको १ लाख १ हजार ६०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमबार तोलामा २०० रुपैयाँ घटेर सुनको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

लगातार उकालो लागेर तोलाको १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको मूल्य आइतबारदेखि घट्दो क्रममा रहेको छ ।

तर, चाँदीको मूल्यले भने मंगलबार फेरि रेकर्ड बनाएको छ । तोलामा ४० रुपैयाँ बढेर तोलाको १ हजार ४३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।