जनकपुरधाम, २७ साउन । धनुषामा कोरोनाभाइरसकाे संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
विदेह नगरपालिका वडा नं. ८ निवासी ६० वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पतालमा करिब २० दिनदेखि आईसीयुमा उपचाररत रहेका सो पुरुषको साेमबार राति कोरोनाको कारण मृत्यु भएको हो ।











प्रतिक्रिया