काठमाडौं, २७ साउन । गोंगबु हत्यामा संलग्न रहेको आरोप लागेकी महिलालाई प्रहरीले चितवनबाट मंगलबार बिहान काठमाडौं ल्याइपुर्याएको छ ।
हत्या आरोपित महिला र उनकी छोरीलाई बिहान तीन बजे काठमाडौं ल्याइएको प्रहरीले जनाकारी दिएको छ ।
कल्पना शाही नाम गरेकी महिलालाई प्रहरीले सोमबार चितवनको टाँडी, माधवपुरबाट पक्राउ गरेको थियो ।
गोंगबुको गणेशस्थान नजिकै आइतबार बिहान टाउको र खुट्टा बिनाको शव राखिएको सुटकेश फेला परेको थियो । सुटकेशभन्दा करिब चार सय मिटर पर टाउको र खुट्टा राखिएको जेब्रा झोला बरामद भएको थियो ।











प्रतिक्रिया