३० आश्विन २०८३, शुक्रबार

हङकङ प्रहरीको गिरफ्तारीमा परे ट्याबलोइट पत्रिका एप्पलका मालिक

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हङकङ, २६ साउन । हङकङ प्रहरीले ट्याबलोइट पत्रिका एप्पलका मालिक जिमीलाइ चियिङलाई गिरफ्तार गरेको छ ।

नयाँ राष्ट्रिय सुरक्षा कानूनअन्तर्गत जिमी, उनका दुई छोरा र एप्पलका बरिष्ठ कार्यकारीहरूलाई सोमबार पक्राउ गरेको इनडिपेन्डेन्ट अनलाइनले जनाएको छ ।

प्रहरीले गरेको अपरेशनका क्रममा अहिलेसम्म ७ जना पक्राउ परिसकेको छ भने थप अरूलाई पनि हिरासतमा लिन सक्ने समाचारमा उल्लेख छ ।

पत्रिकाको मुख्यालयमा छापा हान्न २०० जनाभन्दा बढी प्रहरीको टोली पुगेको थियो । उनीहरूले सम्पादकीय विभाग र संवाददाताहरूलाई भने निशानामा राखेका छैनन् ।

जिमीलाई भने प्रहरीले उनकै निवासबाट पक्राउ गरेको समाचारमा उल्लेख छ । समाचार अनुसार उनी विदेशीसँग साँठगाँठ गरेको अभियोगमा पक्राउ परेका हुन् ।

जिमीका एउटा छोरालाई विदेशी शक्तिसँग मिलेर राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको आरोप छ भने अर्कालाई धोकाधडी गरेको आरोप छ । त्यस्तै पक्राउ परेका पत्रिकाका अरू कर्मचारीलाई विदेशीसँग मिलेर राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको आरोप छ ।

७१ वर्षीय जिमी प्रजातन्त्र पक्षधर हुन् । उनी बेइजिङका कदमको निरन्तर आलोचना गरिरहन्थे ।

गत जुलाई १ देखि बेइजिङले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो । सन् २०४७ सम्म एक देश दुई प्रणालीमा हङकङ चल्ने सम्झौता गरेको चीनले एक पक्षीय रूपमा उक्त कानुन लादेको भन्दै पश्चिमा मुलुकले चर्को विरोध गरेका छ्न् ।