३० आश्विन २०८३, शुक्रबार

२१ वर्षीया युवतीमाथि ट्रकभित्रै जबरजस्ती करणी, ललितपुर र नुवाकोटका दुई युवा पक्राउ

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । ग १ ख २३३८ नम्बरको ट्रकमा एक २१ वर्षीया युवतीमाथि जबरजस्तीकरणी भएको छ ।

रोकीराखेको उक्त ट्रकभित्र युवतीलाई जबरजस्ती गर्ने चितवन र नुवाकोटका दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर हरिसिद्धि बस्ने चितवन खैरेनी नगरपालिका–३ का २८ वर्षीय रामशरण बिक र नुवाकोट विदुर नगरपालिका–८ का रामकुमार सुनुवार छन् ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।