
रुकुमपश्चिम, २६ साउन । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाका लेखा सहायकको जागीर खोसिएको छ ।
गाउँपालिकाको रकम आफ्नो र आफन्तको खातामा जम्मा गर्ने लेखा सहायक सुवास केसीलाई जागीरबाट निकालिएको हो ।
केसीले सरकारी बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेपछि गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको संयोजकत्वमा गठन गरेको छानबिन कार्यदलले केसीलाई जागीरबाट निकाल्ने निर्णय गरेको हो ।
छानबिनको क्रममा केसीले आफ्नो, आफ्नो श्रीमती र लेखा सहायक सुवासको खातामा झण्डै २५ लाख रुपैयाँ जम्मा गरेको पाइएको छ ।
केसी गएको जेठ महिनादेखि गाउँपालिकाको लेखा सहायकमा करारमा नियुक्त भएका थिए ।
गाउँपालिकामै कार्यरत सुवासका अंकलसमेत रहेका लेखापाल हेमन्त केसीको सहयोगमा आफ्नो खातामा मात्रै गाउँपालिकाको सात लाख ९१ हजार रुपैयाँ रकम जम्मा गरेका थिए ।















प्रतिक्रिया