३० आश्विन २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयको शनिबारसम्मको तथ्यांक अनुसार उपत्यकामा संक्रमित संख्या १ हजार ४४ पुगेको छ । तीमध्ये काठमाडौंका ८२२, ललितपुरका १३७ र भक्तपुरका ८५ जना छन् ।

अहिले उपत्यकामा संक्रिय संक्रमितको संख्या भने ८०६ जना छ । शनिबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए ।

सरकारले लकडाउन खुला गरेसँगै राजधानी काठमाडौंउपत्यकामा तीव्ररुपमा कोरोना संक्रमितको दर बढिरहेको छ ।