३० आश्विन २०८३, शुक्रबार

चारै वटा सुरक्षा निकायमा विदा रद्द

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । देशका चारै वटा सुरक्षा निकायले कोरोना महामारीका कारण अति आवश्यकबाहेकका विदाहरु अनिश्चितकालका लागि रद्द गरेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक परिपत्र गर्दै सबै विदा रद्द भएको जनाएका हुन् ।

समाजमा सबैभन्दा नजिकबाट घुलमिल भएका सुरक्षा निकायमा कार्यरत कर्मचारीहरुलाई विदामा छोड्दा संक्रमणको दर बढेपछि यस्तो निर्णय गरिएको हो ।

किरिया लगायतका अति आवश्यक विदाहरु भने यथावत छन् । चारै वटा सुरक्षा निकायमा ५०० भन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।