
कास्की, २५ साउन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
राती साढे ११ बजे मृत्यु भएका उनी १७ साउनमा अस्पताल भर्ना भएका थिए । डाइबेटिजका रोगी उनलाई आईसीयूमा राखेर उपचार हुँदै आएको थियो ।
योसँगै नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।











प्रतिक्रिया