
काठमाडौँ, २४ साउन । कोरोनाका कारण वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगञ्ज ३ छप्कैयाका ७४ वर्षीय एक वृद्ध रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान १ बजे उनलाई नारायणी कोभिड अस्पतालमा भर्ना भएको केही समयमै उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन उपाध्यायले बताए ।
मधुमेह र रक्तचापको बिरामी उनमा शनिबार विहानमात्रै कोरोना पुष्टि भएको हो ।
त्यस्तै, पर्सामा उनीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा ८ महिला र ४७ पुरुष सहित ५५ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितहरुमा एक स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, एक सेना लगायत रहेका छन् । उनीहरुको उमेर २० देखि ७४ वर्षसम्मका रहेको डा. उपाध्यायले बताए ।















प्रतिक्रिया