६ कार्तिक २०८३, शुक्रबार

वीरगञ्जमा मृत्यु भएका एक जनामा कोरोना पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ साउन । वीरगञ्जमा मृत्यु भएका एक वृद्धमा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएका उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपध्यायले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा वीरगञ्ज छपकैयाका ६५ वर्षीय वृद्ध रहेका छन् ।

उनको इमर्जेन्सी कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई चार पाँच दिन आएको ज्वरो निको भए पनि साउन २२ गते अचानक श्वासप्रश्वासमा समस्या आएको थियो ।

त्यसपछि परिवारले एड्भान्स अस्पताल लगेका थिए । त्यहाँका चिकित्सकले आईसीयूमा उपचार गर्नुपर्ने बताएपछि अटो रिक्सामार्फत नेशनल मेडिकल कलेज लगेपनि कलेजले भर्ना लिन मानेन । त्यसपछि कोभिड अस्पताल लगिएको थियो ।

यससँगै पर्सामा कोरोनाका कारण ज्यान गुमाउनको संख्या १६ जना पुगेको छ ।