६ कार्तिक २०८३, शुक्रबार

करार शिक्षकका लागि जनविकास माविले गर्‍यो यस्ता ६ निर्णय

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, २३ साउन । रुकुम पश्चिमको जनविकास माद्यामिक विद्यालय ज्यामिरकोट टाकुराको विद्यालय व्यवस्थापन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न ६ वटा निर्णयहरु पनि गरेको छ ।

बैठकले करार शिक्षकलाई पुनर्बहालीका लागि माग गर्नुका साथै करार, राहत र सुरक्षागार्ड लाई पदस्थापना एवम तलब माग गर्ने, शिक्षक तथा कर्मचारीलाई कोरोना बिमा गर्न स्थानीय सरकार सङग माग गर्ने, बिदेशी दाताको सहयोग स्वीकार गर्ने, पक्की भवन निर्माणका लागि रकम माग गर्ने, कार्यालय सहयोगी भर्ना अनुमति माग गर्ने र अनुदानमा आधारित बिद्यार्थिको पोसाक माग गर्ने लगायतका महत्वोपुर्ण निर्णय गरेको छ । चैत्र ६ देखि लकडाउनका कारण जनबिकास माबिका ६ जना शिक्षक सहित अन्य शिक्षकहरुको पनि करार सम्झौता रद्द भएको थियो ।

त्यस्तै लकडाउनको समयमा पनि विद्यालयले विभिन्न १८ वटा काम सम्पन्न गरेको छ । लकडाउन पछि नियमित प्रशासनिक कामकाज (विवरण अपडेट, सिफारिस, जानकारी) नतिजा प्रकाशन, पुरक नतिजा अपडेट, सीईई नतिजा सिफारिस, जनहितका लागि जारी सन्देश प्रसारण, बैकल्पिक प!ठन पाठन शुरु, स्थानीय बाटो निर्माण, किताब बितरन, छात्रवृत्ति बितरन, २ पटक पानीको मुहान मर्मत, सरसफाइ कार्यक्रम, उन्नति विद्यार्थी भर्ना, शैक्षिक सामाग्री खरिद, दैमासिक विद्यालय रिपोर्ट निर्माण, थप पाठ्यपुस्तक माग तथा वितरण, आयकर कट्टी, दाता शैक्षिक सामाग्री स्वीकार र विभिन्न दाता सङग सहयोग सम्झौता लगायतका कामकाज पनि सम्पन्न गरिएको प्रधानाध्यापक दिपक सङगम थापाले बताए । साथै विद्यालय संचालन नहुन्जेल कोरोनाबाट बच्न सरसफाइमा र घरमै स्वाध्ययन गर्न पनि अनुरोध गरिएको छ ।