
काठमाडौँ, २३ साउन । काठमाडौँ उपत्यकामा शुक्रबार एकै दिन थप १ सय ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा एक दिनमै यो अहिलेसम्मकै उच्च संख्यामा संक्रमण भेटिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मलेनमार्फत उपत्यकामा गत २४ घण्टामा थप १ सय ६ जनामा संक्रमण देखिएको जनाएका छन् ।
उनका अनुसार संक्रमितमध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना रहेका छन् ।















प्रतिक्रिया