६ कार्तिक २०८३, शुक्रबार

सरकारले तत्काल पूर्ण लकडाउन गर्दैन : मन्त्री खतिवडा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ साउन । सरकारले तत्काल पूर्ण लकडाउन नगर्ने सरकारका प्रवक्ता एवम् अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मलेनमार्फत मन्त्री खविडाले सरकार मुलुकभर लकडाउन गर्ने विचारमा नरहेको जनाएका छन् ।

उनले संक्रमणको जोखिम र स्थिति हेरेर स्थानीय निकायले नै आवश्यक कदम चाल्ने बताए । उनले गत चैत ११ गतेदेखि गरिएको जस्तो पूर्ण लकडाउन नगरिने जानकारी दिएका हुन् ।

’अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको छ। संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन,’ उनले भने ।

सरकारले उपत्यकासहित विभिन्न स्थानमा सवारीको जोर बिजोर प्रणाली लागु गरेको छ ।

यो नियम २ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लाहरूमा पनि लागू हुने भनिएको छ ।

पछिल्लो समय नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या निकै बढ्न थालेको छ ।