
काठमाडौँ, २२ साउन । काठमाडौँमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।
वुधबार राती चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको थियो ।
मृतक महिलामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
उनी ५ दिनअघि ओम अस्पताल भर्ना भएकी थिइन् । त्यही दिन उनको स्वाब संकलन गरिएको थियो । रक्तचाप र दमको समस्याबाट ग्रसित उनको आइसीयूमा उपचार भइरहेको थियो ।















प्रतिक्रिया