६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँमा उपत्यकामा थपिए ८७ जना कोरोना संक्रमित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ साउन । बिहीबार काठमाडौँ उपत्यकामा थप ८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा यो अहिलेसम्मकै उच्च संख्यामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभर थप ३ सय ६० जनामा संक्रमण देखिएको जसमध्ये ८७ जना काठमार्डाँ उपत्यकामा रहेको बताएका छन् ।

संक्रमितमध्ये काठमाडौँका ७६, ललितपुरका १० जना र भक्तपुरका एकजना रहेको मन्त्रालयले जनाएको छ । उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो ।

यससँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ सय ७६ जना पुगेको छ । जसमा काठमाडौँमा ६ सय ७४ जना, ललितपुरमा १ सय २४ जना र भक्तपुरमा ७८ जना पुगेको छ ।