६ कार्तिक २०८३, शुक्रबार

बिहीबार थप ३६० मा कोरोना पुष्टि, थप ५ जनाको मृत्यु, २३३ जना डिस्चार्ज

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ २२ साउन । बिहीबार नेपालमा थप ३ सय ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गत २४ घण्टामा गरिएको ६ हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ६० जनामा संक्रमण देखिएको हो ।

यससँगै कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ ।
त्यस्तै, बिहीबार थप २ सय ३३ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, नेपालमा गत २४ घण्टामा कोरोनाका कारण संक्रमणका कारण थप ५ जनाका मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै मृत्यु हुनेमा ६५ जना पुगेको छ ।