
काठमाडौँ, २१ साउन । प्रदेश ५ मा वुधबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ जिल्लाका ३६ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमितहरु कपिलवस्तुका १३, बाँकेका १३, प्युठानका ५, रुपन्देहीका ३ र दाङका २ जना रहेका छन् । योसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९५ पुगेको छ ।
प्रदेश ५ मा हालसम्म ४ हजार ८८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ सय ४० जना संक्रमित उपचाररत छन् ।















प्रतिक्रिया