
काठमाडौँ, २१ साउन । काठमाडौँमा एक सहित कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ ।
काठमाडौँमा मृत्यु हुनेमा सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला रहेकी छन् ।
उनको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार भइरहेको थियो । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।
उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो ।
त्यसैगरी, मोरङमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वुधबार कोशी अस्पतालको आइसोलेसलनमा रहेका विराटनगरका पुरुष र रंगेलीका पुरुष रहेका छन् ।
रंगेलीका पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
उनीहरुको वुधबार दिउँसो पीसीआरको रिपोर्ट आउँदा कोभिड पोजेटिभ देखिएको कोशी अस्पतालले जनाएको छ ।
कलेजोमा गम्भीर समस्या भएका विराटनगर महानगरपालिका ९ का ४५ वर्षीय पुरुष मंगलबार अस्पताल भर्ना भएकामा वुधबार दिउँसो मृत्यु भएको थियो ।
त्यस्तै, रंगेली नगरपालिका ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । उनमा कोरोनासँग मिल्ने लक्षण देखिएपछि परीक्षण गरिएको थियो । यससँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ















प्रतिक्रिया