
काठमाडौँ, २१ साउन । देशभर वुधबार थप ३ सय ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौँ उपत्यकामा वुधबार थप ६१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ सय ८१ जनामा संक्रमण भएको हो । जसमा काठमाडौँमा ५७ जना र ललितपुरमा ४ जना रहेका छन् ।
यससँगै संक्रमितको संख्या २१ हजार ३ सय ९० जना पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मन्त्रालयले कोरोनाका कारण थप २ जनाको मृत्यु भएको पुष्टि गरेको छ । योसहित मृत्यु हुनेको संख्या ६० जना पुगेको छ ।
त्यसैगरी, गत २४ घण्टामा थप १ सय ३० जना डिस्चार्ज भएका छन् ।















प्रतिक्रिया