६ कार्तिक २०८३, शुक्रबार

वृद्धामाथि करणी गरेको अभियोगमा पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

ताप्लेजुङ, २१ साउन । आठराई त्रिवेणी गाउँपालिका ३ डाँडाखर्क बस्ने ६५ वर्षीय गोगुने भन्ने सन्त कुमार लिम्बुलाई ७० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

साउन १२ गते सोही ठाउँस्थित गर्धने चौतारामा उभिईरहेको अवस्थामा खुकुरी देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले लिम्बुलाई मंगलबार पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।