
इटहरी, २१ साउन । नेपाली बजारमा इनर्जी ड्रिंकका नाममा विदेशी उत्पादन आयातमा सरकारले रोक लगाएपछि उत्पादनसँग जोडिन थालेका छन्, युवाहरू ।
‘स्वदेशी उत्पादन, किसानको सान, शुद्ध गाईको दूध, गुणस्तरीय बदाम’ भन्दै युवाको पहलमा रिलायबल चक्र बदाम ड्रिङ्कलाई बजारमा ल्याइएको छ ।
‘हामीकहाँ गाईको दूधले मुल्य पाएको छैन । त्यो मुल्य तिरेर त्यसको उपयोग आधुनिक बनाउने हिसाबले उत्पादन थालेका छौं’, उद्यमतिर लम्किएका नेकपा सुनसरीका सदस्य मदन चुडाल भन्छन्,‘युवाले थालेको उद्यममा युवालाई नै रोजगारीको अवसर पनि मिल्छ भन्ने अवधारणामा अगाडि बढियो ।’
किसानलाई उत्पादनसँग जोड्दै स्वदेशी लगानीलाई अझ बलियो बनाउने रिलायबल फुड एन्ड बेभरेजका अध्यक्ष अशोक साह बताउँछन् । दूध र बदामको सम्मिश्रणबाट तयार हुने ड्रिङ्कको सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमताको विकास हुनेछ ।
प्रतिरोध क्षमता बढाउने भएकाले पनि यो कोरोना महामारीमा उत्पादनलाई अझ तिव्र पारिएको छ ।











प्रतिक्रिया