६ कार्तिक २०८३, शुक्रबार

कैलालीको क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी र भान्छेसहित २१ जनामा कोरोना पुष्टि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० साउन । कैलालीको एक क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार र भान्छेसहित ७ जनामा कोरोनाभाइरस देखिएको छ ।

जिल्लाको कैलारी गाउँपालिका– १ हसुलियाको एक विद्यालायमा बनाइएको क्वारेन्टिनका स्वास्थ्यकर्मी, चौकीदार र भान्छेमा संक्रमण  पुष्टि भएको हो ।

उनीहरुलाई आइसोलेसनमा राखिएको र उनीहरुसँग सम्पर्कमा आएकाहरुको परीक्षण गरिने गाउँपालिकाले जनाएको छ ।

कैलालीमा एक ८ महिने बालिकामा पनि रहेको जनाइएको छ । कैलालीको गोदावरी नगरपालिकामा ८ महिने बालिकासहित १४ जनामा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । उनीहरुमध्ये १० जना एउटै टोलका छन् ।

८ महिनाकी बालिकाको बुवा आमा र दाजुलाई पनि संक्रमण पुष्टि भएको जनाइएको छ ।

कैलालीमा हालसम्म १ हजार १७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सबैभन्दा धेरै गोदावरीमा ३५३ संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।