६ कार्तिक २०८३, शुक्रबार

सर्लाहीमा वुधबारदेखि साउन २७ गतेसम्म लकडाउन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० साउन । सर्लाही जिल्लामा लकडाउन गर्ने निर्णय गरिएको छ ।

पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै जिल्लामा अति आवश्यकबाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कोरोनाको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम अति आवश्यबाहेकका कामकाजमा रोक लगाउने निर्णय भएको जनाए ।

पौडेलका अनुसार वुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम अति आवश्यकबाहेकका कामकाज गर्न रोक लगाइएको जनाएका छन् ।

औषधि, उपचार, खाद्यान्न वस्तु खरिद, पेट्रोलियम पदार्थ खरिद जस्ता अति आवश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट ननिस्किने, अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेका गाडी, दमकल, दूध बोक्ने र खाद्य वस्तु बोक्ने सवारी साधन, शव बाहन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारीसाधन (मोटरसाइकल समेत) सर्लाही जिल्लाभर सञ्चालन नगर्ने आदेश दिइएको उनले बताए ।

अति आवश्यक उपभोग्य सामग्रीहरु बिक्री गर्ने स्थायी प्रकृतिका पसलहरु, पेट्रोल पम्पहरु, ग्यास डिपोहरु, औषधि पसलहरु बहेक दैनिक, अर्ध साप्ताहिक, साप्ताहिक हाट बजार मेला नलगाउन र आर्थिक, राजनीतिक, समाजिक, धार्मिक र अन्य कुनै पनि रुपमा भेला, आमसभा, सभा सम्मेलन, भोजभतेर जस्ता समूहमा भेला हुने कार्य नगर्ने, नगराउने गरी आदेश जारी गरिएको प्रजिअ पौडेलले बताए ।