६ कार्तिक २०८३, शुक्रबार

थप २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० साउन । नेपालमा थप २ सय ५९ जनामा कोरोनभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यस्तै, गत २४ घण्टामा थप ६५ जनाले कोरोना जितेका छन् । यससँगै निको हुनेको संख्या १५ हजार २६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको थियो ।