२९ आश्विन २०८३, बिहिबार

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २० साउन । पर्सामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा रहेको प्रयोगशालाका अनुसार पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

डाक्टर, पत्रकार, नेपाली सेना, व्यापारी र थुनुवा गरी २८ जना पुरुष र ६ जना महिलामा कोरोना पुष्टि भएको नारायणी अस्पतालले बताएको छ ।

योसहित पर्सामा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ६०७ जना पुगेको छ । अहिलेसम्म २०३ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किएका छन् । पर्सामा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको ज्यान गएको छ ।