२९ आश्विन २०८३, बिहिबार

क्वारेन्टिनको सुरक्षा गार्डद्वारा आगो लगाएर गरे आत्महत्या

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बुटवल, २० साउन । रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनको सुरक्षामा खटिएका एक सुरक्षा गार्डले मंगलबार बिहान आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाएका छन् ।

देवदह–५ दुर्गामन्दिर टोलका २४ वर्षीय विपिन बस्यााले आत्महत्या गरेका हुन् । उनी देवदह–७ शीतलनगरस्थित क्वारेन्टिनमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए ।

शरीरका मट्टितेल छर्किएर आगो लगाएपछि गम्भीर अवस्थामा उद्धार गरिएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको हो ।

उनले आत्महत्या गर्नुको कारण अझै खुल्न नसकेको प्रहरीले बताएको छ ।

देवदह नगरपालिका मेयर हिरा केसीले बस्याललाई एक हप्ता जति दैनिक ज्यालादारी चौकिदारको काम गर्ने गरी वडा कार्यालयले सुरक्षा गार्डको काममा राखेको जानकारी दिए ।