
काठमाडौं, २० साउन । नेपाली बजारमा सुनको मूल्य मंगलबार फेरि बढेको छ ।
निरन्तर उकालो लागेको सुन तथा चाँदीको मूल्य सोमबार स्थिर रहे पनि मंगल पुनः वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबारको तुलनामा मंगलबार प्रतितोला २०० रुपैयाँले वृद्धि भइ ९८ हजार ८०० पुगेको हो । यो सँगै सुनको मूल्य अब करीब १ लाख पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएसँगै नेपालमा पनि मूल्य महँगो हुँदै गएको हो । तर, मंगलबार पनि चाँदीको मूल्य भने स्थिर नै रहेको छ । चाँदी मंगलबार पनि तोलाको १ हजार २३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।













प्रतिक्रिया