६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा एकैदिन थपिए ५१ कोरोना संक्रमित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ साउन । काठमाडौँ उपत्यकामा सोमबार थप ५१ ज्नामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभर गत २४ घण्टामा थप ४ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमध्ये ५१ जना उपत्यकाका रहेका छन् । जसमध्ये काठमाडौँमा ४३ जना, भक्तपुरमा ५ जना र ललितपुरमा ३ जना रहेको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ५८ जना कोरोनामुक्त भएका छन् । योसहित हालसम्म निको हुनेको संख्या १४ हजार ९ सय ६१ जना पुगेको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ जना पुगेको छ ।